दैलेख: दैलेखको नारायण नगरपालिकाको ११ औँ नगर सभा सम्पन्न भएको छ । नगर सभाले ४ वटा विधेयकहरू पास गरेको छ । सवै विधेयकमा दफावार छलफल गरी पास गरिएको नगरपालिकाका प्रवक्ता जनक प्रसाद न्यौपानेले बताए ।
नगर प्रमुख लोमन शर्माको अध्यक्षतामा बसेको नगर सभाले बिहीबार नगरपालिकाको विनियोजन ऐन २०७९को संशोधन विधेयक र वातावरण तथा प्रकृति श्रोत संरक्षण विधेयक २०७९ पास गरेको प्रवक्ता न्यौपानेले बताए ।
यस्तै, नारायण नगरपालिकाको प्रहरी गठन सञ्चालन तथा व्यवस्थापन ऐन २०७९ सामुदायिक विकास तथा सामाजिक परिचालन विधेयक २०७९ सहित विभिन्न आयोजनाहरू प्रदेश सरकार र सघं सरकारसँग माग गर्ने निर्णय सहित सम्पन्न भएको छ ।
नगर सभामा बोल्दै उपप्रमुख तप्त कुमारी थापाले पालिकाको दिगो विकासका लागि सबै नगर सभाका सदस्यहरू व्यापक रूपमा परिचालित हुन आग्रह गरेकी छन् ।











